
पोखरा । पाँचदलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले साझा र पवित्र उद्देश्यका साथ गठबन्धन बनेको बताएका छन् ।
पोखरा २१ मा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले साझा र पवित्र उद्देश्यका साथ प्रजातन्त्रिक शक्ति र वामपन्थी शक्तिबीच गठबन्धन बनेको बताएका हुन ।
विधि, पद्धति र संविधानको खिलापमा जाने अराजक नेतृत्वको वेकुफीपनका कारण मुलुक दुर्घटनामा जाने देखिएपछि प्रजातन्त्र र लोकतान्त्रिक गाण्तन्त्रका लागि लडेका शक्तिहरु एक हुनुपरेको उनको भनाइ रहेको छ ।
लामो राजनीतिक संघर्षमार्फत प्राप्त उपलब्धिहरुको रक्षाका साथै समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि पनि दलहबिच समीकरण आवश्यक रहेको उनको भनाइ रहेको छ ।
भरतपोखरी र निर्मलपोखरीको विकासका लागि आफु सदैव चिन्तित र सकारात्मक रहेको आचार्यले बताए ।
पोखरा २१ को समग्र विकास र समृद्धिका लागि आफु योजनावद्ध ढंगले आएको उल्लेख गर्दै ति योजनाहरुको साझेदार बन्न आम जनतालाई अपिल समेत गरे ।
पोखरा २१ मा पर्यटन विकास, कृषि तथा रोजगारीका अवसरहरु सृजना र खानेपानी तथा पुर्वाधार विकास लगायतका लागि प्रतिवद्ध भएर लाग्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।











