
रौतहट । युरोपियन युनियनको तर्फबाट नेपालको लागि राजदुत नोना डिपार्जले जलवायु परिवर्तनले नेपालिको जीवन यापनमा ठुलो क्षति गरिरहेको बताएकी छन् । चन्द्रपुरस्थित होटेल तराई इनमा पत्रकारहरुसंगको छलफलमा राजदुत डिपार्जले भनिन्, ‘जलवायु परिवर्तनले नेपालीको जीवन यापनमा ठुलो क्षति गरिरहेको छ । यसबारे सरकारसँग सहकार्य गरेर युरोपियन युनियनले काम गरिरहेको छ ।’ उनले सन्चारकर्मीहरुलाई जलवायु परिवर्तनका असरहरु तथा लैङ्गिक हिंशा सम्बन्धमा कलम चलाउन पनि आग्रह गरेकी छन् ।
सरकारले तय गर्ने नीति अनुसार हरेक सहयोग गर्न तयार रहेकी बताउँदै उनले जलवायु परिवर्तन, गरिबी निवारण, मानविय अवस्थामा सुधार लगायतको क्षेत्रमा युरोपियन युनियन निरन्तर रुपमा काम गर्दै आएको बताइन् ।
जलवायु परिवर्तनबाट भइरहेको समस्या र त्यसबाट जनजिबिकामा परिरहेको असर सम्बन्धमा युरोपियन युनियन जानकार रहेको उनको भनाई थियो ।
युरोपियन युनियन पत्रकारहरुको हकहितमा पनि निरन्तर काम गरिरहेको र आफुहरु थप काम गर्न पनि इच्छुक रहेको उनले बताईन् । राजदुत नेना डिपार्जसहितको टोलि युरोपियन युनियनको सहयोगमा सन्चालित विभिन्न परियोजनाहरुको अनुगमनको निमित्त मधेश प्रदेश आएकी थिइन् । उनले ३ दिने मधेश बसाईको क्रममा अक्स्फाम, भि.एस.ओ, आर.डि.सि. लगायतका संघ संस्थाहरुले सन्चालन गरेका विभिन्न परियोजनाहरुको स्थलगत अनुगमन गरेका हुन् ।














