Logo
Logo

लमजुङमा मदिरा बिक्री र सेवन गर्न निषेध


504
Shares

लमजुङ । लमजुङमा निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा निषेध गरिएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लामा मादकपदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

यही वैशाख २८ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ ९ बमोजिम पूर्ण निषेध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्