Logo
Logo

पोखरामा गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्दै


756
Shares

पोखरा । पाँच दलीय गठबन्धनको बृहद चुनावी सभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेताहरु पोखरा आइपुगेका छन् ।

पोखराको अमरसिंहचौरमा आज हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरु पोखरा आइपुगेका हुन् ।

शीर्ष नेताहरु केहीबेरपछि चुनावी सभास्थल अमरसिंहचौर पुग्नेछन् । चुनावी सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

बृहद चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निस्किरहेको छ । पोखराका विभिन्न स्थानबाट ¥याली निस्किनेक्रम जारी रहेको नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमुले जानकारी दिए ।

बृहद चुनावी सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले बृहद चुनावी सभा ऐतिहासिक हुने उनले बताए ।

‘एकल रुपमा गर्दा पनि सभा भव्य हुने गथ्र्यो । अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्