पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले देशमा दुई वटा मात्र गठबधन्धन रहेको बताएका छन् ।

पोखरामा आइतबार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एउटा समाजवादी गठबन्धन र अर्को प्रतिक्रियावादी गठबन्धन रहेका बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘अहिले यहाँ दुईटा गठबन्धन छ, त्यो हो एउटा केपी ओलीको प्रतिगागी प्रतिक्रियावादी गठबन्धन र अर्को पाँच दलीय समाजवादी, लोतान्त्रिक गठबन्धन हो ।’
अध्यक्ष नेपालले यो देशमा गणतन्त्र ल्याउनै सकिँदैन भन्ने केपी ओली गर्दा एमाले अहिले प्रतिगामी बाटोमा अगाडि बढ्को आरोप लगाए । आफूहरुले नेकपा एमाले बनाएको बताउँदै अध्यक्ष नेपालले भने, ‘तर, केपी ओली पार्टी, संगठन भन्दा पनि व्यक्तिवादी भए । अहिले ओलीले त्यही भएर प्रतिगामी, दक्षिणपन्थीहरुसँग गठबन्धन गरेका छन् ।’











