Logo
Logo

यो निर्वाचन प्रतिगामी र अग्रगामीबीचको लडाइँ हो : प्रचण्ड


378
Shares

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन अग्रगामी र प्रतिगामीको लडाइँको रुपमा आएका बताएका छन् ।

आइतबार पोखराका आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई स्म्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो लडाइँमा प्रतिगामीलाई पराजित गर्न गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरे ।

फाइल फोटो

अध्यक्ष प्रचण्डले भने, ‘यो निर्वाचन प्रतिगामी र अग्रगामीबीचको लडाइँको रुपमा आएको छ । प्रतिगामीलाई हराउनकै लागि यो अग्रगामी गठबन्धन बनेको हो ।’ उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिगामी, दक्षिणपन्थी र राजावादीसँग गठबन्धन गरेर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिन खोजेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्