Logo
Logo

संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


3.4k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जेठ ३ गतेका लागि संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्