Logo
Logo

देउवा र प्रचण्डलाई कारबाही गर्ने ओलीको माग


6.7k
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गरेका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति आफ्नो सहानुभूति रहेको बताए ।

उनले भने, ‘कांग्रेसका कार्यकर्ताले कसरी मन थामेका होलान् । जिन्दगीभर कांग्रेस बनेर हिँडेकाहरु कसरी बसेका होलान् ? एउटा गीत जस्तो पोहोर पनि ढाट्यौ आमा यसपालि पनि…।’

ओलीले फेरि प्रचण्डलाई जिताए कांग्रेसका कार्यकर्ताको हालत २० वर्षसम्म छोरी बोक, छोरो बोक, भाइ बोक, ज्वाई बोक गर्नमै सिमित हुने टिप्पणी गरे ।

ओलीले निर्वाचन आयोगले गठबन्धनमा रहेकालाई जे गाएपनि छुट दिएको आरोप समेत लगाए । उनले शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही किन नगरेको भन्दै निर्वाचन आयोगसँग प्रश्न गरे ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र प्रचण्डले काठमाडौं महानगरमा कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई मत मागेको भन्दै आयोगले कारबाही गर्नुपर्ने ओलीको भनाइ थियो।

उनले भने, ‘निर्वाचन आयोग भन्छ आफ्नो बाहेक अरु पार्टीको झण्डा बोक्न पाइँदैन । प्रचण्डलाई किन कारबाही नगरेको, सिर्जना सिंहलाई काठमाडौंमा भोट माग्दा, शेरबहादुर देउवालाई रेनु दाहाललाई मत देउ भनेर माग्दा किन कारबाही भएन?’

निर्वाचन आयोगले ह्विप जारी गर्न नमिल्ने भन्दै उनले जनतलाई धम्काउन कसैले पनि नमिल्ने बताए। गठबन्धनका नेता एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने ‘धम्काएको भरमा भोट लिन खोज्ने कार्य आचारसंहिता विपरित हो कि हैन?’

प्रतिक्रिया दिनुहोस्