Logo
Logo

पाल्पामा मतदान र सहायक मतदान अधिकृतलाई तालिम


315
Shares

रामपुर । जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदान केन्द्रमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएको छ ।

दुई सय ४७ मतदान केन्द्रमा खटिने ४९५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।

उनीहरुलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाही, निर्वाचन अधिकृतहरु र जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्याललगायतले सहजीकरण गरेका हुन् ।

तालिमपछि निर्वाचनसम्बन्धी सामग्री बुझेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु मंगलवार नै कार्यस्थलमा पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्