Logo
Logo

बैंक अफ काठमाण्डुका ग्राहकलाई २० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई होटल एशियातिकमा २० प्रतिशत सम्मको विशेष छुट सुविधा दिने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिक (Hotel AsiaTique) बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्