Logo
Logo

पैसा बाँड्दै गर्दा एमाले अध्यक्षका उम्मेदवार पक्राउ


1.6k
Shares

काठमाडौं । गुर्भाकोट नगरपालिका-११ का एमाले उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्वर ११स्थित आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो ।

पैसा बाँड्दै गरेको भन्ने स्थानीयबासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो । विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ ।

बुधबार मध्य राति गुर्भाकोट मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी रामप्रसाद घर्तीले प्रहरीले विसीबाट नगद १ लाख १२ हजार रुपैयाँ पनि बरामद गरेको छ । ‘पैसा बाँड्न लागेको भन्ने स्थानीयका सूचना गरेपछि प्रहरी त्यहाँ गएको हो’ डिएसपी घर्तीले भनेका छन्, ‘उम्मेदवार विसीलाई नियन्त्रणमा लिएका छौ भने उक्त घरमा बेवारिसे अवस्थामा एक लाख १२ हजार नगद पनि फेला परेको छ ।’ घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्