Logo
Logo

एन्फा कार्यालयको ताला चार महिनापछि खुल्यो


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा लागेको ताला ४ महिनापछि खोलिएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले ललितपुरस्थित सातदोबाटोस्थित कार्यालयमा लागेको ताला खोलेका हुन् ।

कार्यालय खोलेसँगै बहुमत सदस्यबीच छलफल भएको थियो । छलफलले यही कात्तिक १३ गते कार्यसहिति बैठक बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष पंकज विक्रम नेम्वाङलाई उनीहरुले बैठक डाक्न एन्फा विधानअनुसार लिखित माग गरे पनि नडाकेपछि ताला खोलेर यो निर्णय गरिएको एक सदस्यले बताए । १३ गते बस्ने बैठकले निर्णय गेर एएफसी र फिफालाई पत्र लेख्ने उनीहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्