Logo
Logo

मतदानस्थलमा त्रिपाल व्यवस्था गर्न निर्देशन


882
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । जल तथा मौसम विभागले मतदानको दिन पानी पर्न सक्ने जानकारी गराएकाले अयोगतले त्रिपाल व्ययवस्था गर्न भनेको हो ।

‘मतदान हुने सबै मतदान केन्द्रमा वर्षातको पानीबाट मतदान कार्य र सोपश्चात् मतगणना कार्य प्रभावित नहुने गरी जोगाउनुपर्ने हुन्छ,’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ।

आयोगले निर्वाचन सामग्रीसमेतको सुरक्षाका लागि पालरत्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गर्नुपर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्