Logo
Logo

नेकपा बहुमतले भन्यो- चुनाव बहिष्कार गर्ने हाम्रो नीति छैन


693
Shares

काठमाडौं । पार्टीका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले नियन्त्रणमा लिएकामा नेकपा (बहुमत)ले आपत्ति जनाएको छ ।
हालै नवगठित नेकपा (बहुमत)का संयोजक बास्तोलालाई पोखरामा राजनीतिक प्रशिक्षण सकेर बाँके जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बुटवलमा भएको बम बिस्फोटसँग जोडेर बस्तोलालाई सडयन्त्रपूर्वक प्रक्राउ गरिएको भन्दै नेकपा बहुमतले विज्ञप्ति जारी गर्दै संयोजक बास्तोलाको पक्राउप्रति आपत्ति जनाएको हो ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ ।’
बुटवल घटनाको जिम्मा नेकपा (माओवादी)ले लिइसकेको र त्यसमा आफ्नो कुनै हात नरहेको नेकपा बहुमतले दाबी गरेको छ । साथै, चुनाव बहिष्कार गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले लिइसकेको कुरा सार्वजनिक भएको छ । हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्