Logo
Logo

मतदानपछि देउवाले भने- गठबन्धनले कांग्रेस झनै बलियो भएको छ


756
Shares

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’बाट मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको दाबी गरे। उनले स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण भएको भन्दै निर्वाचन विरोधी समूह पनि सहभागी भएको बताए ।

एक फरक प्रशंगमा कांग्रेस सभापतिसमेत रहेका देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको जिकिर गरे । प्रधानमन्त्री देउवाले भने– ‘गठबन्धन गरेर कांग्रेस कमजोर भएको छैन, बरू झन बलियो भएको छ ।’ कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार मतदानका लागि धनगढीबाट हेलीकोप्टरमार्फत् गृह जिल्ला डडेल्धुरा पुगेका हुन् । मतदानपछि देउवा आजै काठमाडौं फर्कदैछन् ।

प्रतिक्रिया दिनुहोस्