Logo
Logo

अब मुलुकमा दुई दल मात्रै हुन्छ : ओली


4.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि अब मुलुकमा दुई दल मात्र हुने दावी गरेका छन् ।

अध्यक्ष ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिकास्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै देशमा एमाले एउटा दल र अरु मिलिजुली एउटा दल बन्ने अवस्था हुने बताएका हुन् ।

‘वहाँहरुले एउटा दल बनाएर आए पनि वा संयुक्त विभिन्न दल बनाएर कच्याङ्-कच्याङ गर्दैआए पनि हामीलाई केहि फरक पर्दैन’ अध्यक्ष ओलीले भने, ‘हामी आफ्नो तयारीमा छौँ । हामी उउटा दल चुनामा आफ्नो ढंगले लड्छौँ ।’

प्रतिक्रिया दिनुहोस्