Logo
Logo

साढे पाँच घण्टामा ३० प्रतिशत मत खस्यो


567
Shares

काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखि जारी निर्वाचनमा ११ः ४० करिब साढे पाँच घण्टामा करिब ३० प्रतिशत मत खसेको छ । शुक्रबार बिहान ७ बजेदेखि ११.४० बजेसम्म ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार अहिले देशभर उल्लापूर्वक मत खसिरहेको छ । केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ भने ती स्थानमा सर्वदलीय बैठक बसेर फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको उनको भनाइ छ ।

उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्