सर्लाही । सर्लाहीमा प्रहरीले एक जना मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
मतदातालाई मत हाल्न सिकाएको आरोपमा प्रहरीले मतदान अधिकृतलाई नियन्त्रणमा लिएको हो ।
उक्त आरोपमा सर्लाहीको बलरा नगरपालिका–३ स्थित पुरानो गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।














