Logo
Logo

सप्तरीमा मतपत्र च्यातियो, मतदान अधिकृत कुटिए


7.9k
Shares

सप्तरी । सप्तरीको एक मतदानस्थल तोडफोड गरिएको छ । साथै मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । घटनापछि मतदान स्थगित भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको उनले बताए ।

दुइै हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्