Logo
Logo

काभ्रेपलाञ्चोकको पाँचखाल-१३ को मतदानस्थल तोडफोड


2.1k
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मा मतदानस्थल तोडफोड भएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि आरोपमा विवाद हुँदा मतदानस्थल तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको जानकारी दिए ।

उनका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको छ । तर, ब्यालेट बक्स भने सुरक्षित छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्