Logo
Logo

वालिङ जीप दुर्घटना अपडेट : मृत्यु भएका १४ जना एउटै वडाका


504
Shares

काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् ।

वालिङ नगरपालिका–४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको मतदाता बोकेको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट शुक्रबार बिहान ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका रहेका छन् ।

स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

यस्तै, ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवरको पनि मृत्यु भएको छ भने चालक भुलबहादुर कुँवर पनि गम्भीर घाइते भएका छन् ।

स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्