रुकुम । स्थानीय तह निर्वाचनका क्रममा रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार जेके बाठाको गाडीले ठक्कर दिँदा ७ नम्बर वडाका ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ ।
मतदान केन्द्र स्थलगत निरीक्षणका लागि जाँदै गरेका बाँठा चढेको गाडीले मतदानका लागि जाँदै गरेका खत्रीको मृत्यु भएको हो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











