
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो सार्वजनिक गरेपछि निर्वाचन आयोगले मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।
गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
भट्टराईलाई फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) के कति कारणले मतदान केन्द्रमा प्रयोग गर्न दिइयो ? फोटो लिने सामग्री लानबाट किन रोक्नु भएन ? भन्नै स्पष्टीकरण सोधिएको हो ।
मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथासिघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।














