Logo
Logo

सर्लाहीको बलरा मतदान केन्द्रका मतदान अधिकृत बर्खास्त


2k
Shares

सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ ।

उनलाई मत दुरूपयोग गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए । साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । विवादका कारण मतदान अवरूद्ध भएको थियो ।

सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमतिपछि मतदान सुरू गराइएको निर्वाचन अधिकृत यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्