भैरहवा । नेकपा एमालेबाट रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा उम्मेदवार बनेका सोमनाथ पाठकको घरमा विस्फोट भएको छ । आज (शुक्रबार) करिब साढे चार बजे पाठकको घरमा विस्फोट भएको हो ।

विस्फोटमा परी पाठकका श्रीमती ४५ वर्षीया जयमाला पाण्डेय घाइते भएका छन् । उनलाई उपचारको लागि भैरहवा पठाइएको छ । झ्यालबाट कसैले बम हानेको आशंका रहेको सोमनाथ पण्डेयले बताए ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले भने सिलिन्डर विस्फोट भएको हुन सक्ने जानकारी दिएका छन् । यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।














