Logo
Logo

विष्णुमाया जेष्ठ मतदाता, १ सय ११ वर्षमा पनि मतदान


2.3k
Shares

इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् ।

यस पटक आठौँ पटक मतदान गर्न पाउँदा खुशी लागेको भन्दै उनले स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताए ।

उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ ।

हालसम्मको जानकारी अनुसार विष्णुमाया अधिकारी नै जेष्ठ मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस्