Logo
Logo

वीरगन्ज महानगरको मतगणना शनिबारबाट


756
Shares

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाको मतलगणना शनिबार विहानबाट मात्र सुरु हुने भएको छ । आज राती अबेर सम्ममा मात्र मतपेटिक संकलन भइसक्ने भएकाले भोलीबाट मतगणना गर्न लागिएको हो ।

वीरगन्जका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मतपेटिका संकलन भइरहेको छ । मतपेटिका संकलन गरिक्दा रातको १–२ बज्नेछ ।

आज मतपेटिका संकलन गरिसकेर भोली विहानै सर्वदलीय बैठक राखी मतगणना सुरु गर्ने निर्वाचन अधिकृत पौडेलले तयारी गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका १४३ मतदान केन्द्रमार्फत करिब ७० देखि ७५ प्रतिशतले मतदान गरेको प्रारसम्भिक अनुमान गरिएको छ । वीरगन्ज महानगरमा १ लाख २४ हजार ६ सय ४७ जना मतदाता रहेका छन् । जसमध्ये ७० हजार ८१० जना पुरुष र ५३ हजार ८३३ जना महिला मतदाता हुन् ।

वीरगन्जमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह र नेकपा एमालेबाट विजयकुमार सरावगी मेयरका मुख्य प्रतिस्पर्धी हुन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट इम्तियाज आलम र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषेतमलाल झा मुख्य प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया दिनुहोस्