Logo
Logo

झडपमा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न कांग्रेसको माग


126
Shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको क्रममा विभिन्न ठाउँमा भएको झडपमा परी घाइते भएकाहरुले निःशुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गरको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै विभिन्न मतदान केन्द्रमा भएका झडपहरूप्रति पार्टीको ध्यानाकृष्ट भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो निर्वाचनलाई सफल पार्न नेपाल सरकारले देखाएको सक्रियताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दलका शीर्ष नेताहरू, निर्वाचन सम्पन्न गराउन खटिनुहुने निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्त र पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षाको लागि खटिनुभएका सुरक्षाकर्मीहरू, मतदानस्थल व्यवस्थापन र सुरक्षाको लागि खटिनुभएका म्यादी प्रहरीलाई पनि मतदानको कार्य सफल पार्न पुर्‍याउनुभएको सहयोगको लागि धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्