Logo
Logo

६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै


2.6k
Shares

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ । मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ ।

ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्