Logo
Logo

आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना


756
Shares

काठमाडौं । अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेशनं. १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै, दिउँसो प्रदेश नं. १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी, राति प्रदेश नं. १ लगायत देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । प्रदेश नं. १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्