Logo
Logo

ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा


0
Shares

काठमाडौं । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीच हुने शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालको टोली घोषणा भएको छ । क्यानले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो ।

The current image has no alternative text. The file name is: crickrt.jpg

यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् । बाँयाहाते स्पीनर शाहब आलम पनि टिममा आएका छन् ।

ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी टिममा परेका छन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता दिएको छ । 

लिग २ को यो शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ । शृङ्खलाका लागि क्यानडाको पनि टोली घोषणा भइसकेको छ ।

नेपालको टोली स् सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल

प्रतिक्रिया दिनुहोस्