
झापा । दमकमा मतगणना सुरु भएको छ ।
वडा नं. १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले अग्रता लिएको छ । जस अनुसार प्रमुख पदमा एमालेकी गीता अधिकारीले ४९ र गठबन्धनका राम थापाले ४१ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुखमा एमालेका अम्बिका खनालले ४१ र गठबन्धनकी रेगिना भट्टराई (प्रसाईं) ले ५१ मत पाएका छन् । त्यस्तै, वडाध्यक्षमा एमालेका हरि न्यौपानेले ४८ र गठबन्धनका तारा अधिकारीले ४२ मत प्राप्त गरेका छन् ।














