
काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मतगणना सुरु भएको छ । वडा नं. १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
३ सय मत गनिसक्दा प्रमुख पदमा कांग्रेसका नइन्द्र राईले १२६ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका गोपालचन्द्र राईले ८२ मत ल्याएका छन् भने नेकपा एमालेका लोकेन्द्र राईले ७५ मत ल्याएका छन् ।
दिप्रुङमा निर्धारित समयमा नै शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेले वडा नम्बर ४ र ६ मा केहि सामान्य विवाद भएको तर, सहमितको आधारमा मतदान सम्पन्न गरिएको उनले बताए ।











