ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ६ नाल्बुमा नेकपा एमालेले खाता खोलेको छ ।
एकमालेबाट वडाध्यक्ष अध्यक्षका उम्मेदवार मनोजकुमार तुम्वाहाम्फे विजयी भएका हुन् । उनले ४५६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ठाकुरसिंह लिम्बूले ३२४ मत पाएका छन् । तुम्वाहाम्फेले लिम्बूलाई १२४ मतअन्तरले पराजय गरेका हुन् ।
उक्त वडामा एमालेको प्यानल नै वीजयी भएको हो । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै एमालेको उम्मेद्वार विजयी भएका छन् ।














