
दार्चुला । अपिहिमाल गाउँपालिका– ६ मा गठबन्धनका धनसिंह धामीसहितको प्यानलै विजयी भएको छ ।
धामी तीन सय ६५ मतसहित विजयी भएका हुन् । उनी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का गामसिंह धामीले दुई सय ४८ मत ल्याएका थिए ।
गामसिंह धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, अपिहिमाल गाउँपालिकामा गठबन्धबाट अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले ५ सय ८५ मत ल्याएका छन् ।
एमालेका धर्मानन्द मन्यालले ३ सय ४४मत ल्याएका छन् । मन्याल २०७४ सालको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । अपिहिमाल गाउँपालिका १ को अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएका थिए ।
उनी कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।














