Logo
Logo

माङसेबुङ ४ मा गठबन्धनलाई पराजित गर्दै एमाले प्यानलसहित विजयी



इलामा । इलामको माङसेबुङ गाउँपालिका ४ नम्वर वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।

नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भएका हुन् । लिम्बूले ३ सय २५ मत प्राप्त गरेका छन् ।

नविनका निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए ।

महिला सदस्यमा एमालेकै कल्पना राई, दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा, र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू, र धनबहादुर राई विजयी भएका छन् ।

वडामा नेकपा एमालेका उम्मेदवार विजयी भए पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनको अग्रता कायम छ ।

अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो र एमालेका हेमन्त राईले प्रतिपर्धामा छन् । अहिलेसम्म इदिङ्गोले अग्रता लिएका छन् ।

उपाध्यक्षमा पनिस गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले अग्रत लिएका छन् । एमालेबाट उपाध्यक्ष्का उम्मेदवार सुनिता सुब्बा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्