Logo
Logo

मुस्ताङको घरपझोङमा गठबन्धनका उम्मेदवार विजयी


1k
Shares

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले विजयी गरेका हुन् ।

मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशतअर्थात् एक हजार ५९८ मत खसेको थियो । घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेवार विजयी भएका छन् । यस्तै घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्