Logo
Logo

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता


567
Shares

काठमाडौं । धरान उपमहानगरपालिका-१ को १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

साम्पाङले ३३, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ३१, एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रका आईन्द्रविक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८ मत प्राप्त गरेका छन् ।

यस्तै धरान-२ मा १०० मत गन्दा मञ्जु भण्डारीले २०, किशोर राईले ४०, हर्क साम्पाङले २५ र नरेश शाक्यले ५ मत प्राप्त गरेका छन् । उपमेयरमा आइन्द्रविक्रम बेघाले ४३, पदम इस्बोले २६ र राप्रपाले ३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्