Logo
Logo

हेटौँडामा गठबन्धन अगाडि


1.3k
Shares

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको मतगणना धमाधम भइरहेको छ ।

हाल हेटौँडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ९०० मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ ।

हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामा १० मतले अगाडि छिन् । हालसम्म गठबन्धनले २८३ मत प्राप्त गरेको छ । उनलाई एमालेले पछ्याइरहेको छ ।

नेकपा (एमाले)का उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । उपमेयरमा कांग्रेसका राजेश बानियाँले ४१८ मत प्राप्त गरेका छन् ।

एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३१९ र राप्रपाकी इन्दिरा न्यौपानेले ६१ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्