
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस वीपीका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन् ।
डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस वीपीका उम्मेदवार भण्डारी विजयी भएका हुन् ।
वडा अध्यक्ष निर्वाचित भण्डारीले ६७३ मत प्राप्त गरेका छन भने कांग्रेस उम्मेदवारले ५४४ मत मात्र प्राप्त गरेका छन् ।











