
पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार धन कार्की विजयी भएका हुन् ।
प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कार्की अध्यक्ष निर्वाचित भएका हुन् ।
तुम्बेवामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका बाबुराम खड्का नेकपा एमालेका गोविन्दबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खड्गसुन्दर सम्वाहाम्फे र नेकपा एमालेका नन्दकुमारी विश्वकर्मा प्रतिस्पर्धामा छन् ।
अहिलेसम्मको मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको हो ।














