
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ मा प्यानलसहित नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्ष निर्वाचित भएका छन् ।
कांग्रेसका वडाध्यक्ष उम्मेदवार जोगिराम थारु नेतृत्वको प्यानल नै विजयी भएको हो ।
विजयी थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी एमालेका राम सुमरिन यादवले १ हजार ४ मत प्राप्त गरेका छन् ।














