Logo
Logo

रसुवामा एमालेका दुई र माओवादीका एक वडाअध्यक्ष निर्वाचित


1.3k
Shares

रसुवा । रसुवामा नेकपा एमालेबाट दुई र माओवादीबाट एक वडाअध्यक्ष पदमा विजयी भएका छन् । आमाछोदिङमो गाउंँपालिका–१ र उत्तरगया गाउँपालिका–१ मा एमालेको वडाध्यक्ष विजयी भएका हुन् ।

नेकपा एमालेको तर्फबाट आमाछोदिङमो गाउँपालिका–१ मा साङ लामाले २९० मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याएका छन् ।

त्यस्तै उत्तरगया गाउँपालिका–१ मा नेकपा एमालेको तर्फबाट मारसिङ तामाङ विजयी भएका छन् । उनले ५ सय ६० मत ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४ सय ९६ मत ल्याएका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्