चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजयी सुवेदीको मत बराबर भएको छ ।

चार सय गणना गर्दा रेणु र बिजयले समान १५०/१५० मत पाएका छन् । यसअघि रेणुले अग्रता लिएकोमा एमालेका विजयले बराबरी गरेका हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन् ।














