काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिका-२ कुलुङमा नेकपा एमालेका गणेश खत्री विजयी भएका छन् । शनिबार बेलुका सम्पन्न भएको वडा नं. २ को मतगणना अनुसार उनले निकटत्तम प्रतिद्धन्द्धी (माओवादी केन्द्र)का दलबहादुर गिरीलाई १९० मत अन्तरले पराजित गरेको हो ।
८४० मत खसेको २ नम्बर वडामा उनले ४४२ मत ल्याए भने माओवादी केन्द्रक गिरीले २५२ मत ल्याए । यसैगरी नेपाली कांग्रेसका विदुर कार्कीले १२१ मत ल्याए ।

त्यस्तै साल्पासिलिछो-१ कुलुङमा कांग्रेसका गणेश बुढाथोकी विजयी भएका छन् । वाडा नम्बर एकमा वडाध्यक्ष बुढाथोकीसहित कांग्रेसको प्यानल नै विजयी भएको छ ।
कांग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याए ।














