Logo
Logo

माङसेबुङमा गठबन्धन दोब्बर मतले अगाडि


7.7k
Shares

अध्यक्षका उम्मेदवार हेमन्त राई र डिकेन्द्र इदिङ्गो

काठमाडौं । इलामको माङसेबुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले दोब्बर मतका साथ अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट अध्यक्षका उम्मेदवार कांग्रेसका डिकेन्द्र इदिङ्गोले १२ सय ७९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका हेमन्त राईले आधा भन्दा कम अथार्त ५ सय २९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षको प्रतिस्पर्धामा पनि गठबन्धन दोब्बर मतले अगाडि छ । गठबन्धनबाट जसपाका विनोद नेम्बाङ उपाध्यक्षका उम्मेदवार हुन् ।

नेम्बाङले अहिलेसम्म ११ सय ४६ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका सुनिता सुब्बाले ५६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्