Logo
Logo

पर्साको ठोरीमा एमालेका धनमान विजयी


6.5k
Shares

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–१ को अध्यक्षमा नेकपा एमालेका धनमान थापा मगर निर्वाचित भएका छन् । ६ सय ५१ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उनका प्रतिद्वन्द्वी भन्दा २१ मतमात्रै बढी ल्याएर उनी निर्वाचित भएका हुन् । त्यस्तै नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका रामप्रकाश कुँवरले २० मत पाएका छन् ।

कुवँर वडा नं १ को निवर्तमान वडा अध्यक्ष हुन् । ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कुँवर ६ सय ८ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्