Logo
Logo

बुढानिलकण्ठ-३ मा कांग्रेसको बागीले जित्यो


945
Shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आकाश धिताल वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ५१२ मत ल्याए ।

कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अघिल्लो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे । यस्तै कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत प्राप्त गरे ।

यो नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी २२५८ मतसहित अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका विनोद चालिसले १७४० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्