Logo
Logo

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीले तेब्बरभन्दा धेरै मतको अग्रता लियो


138k
Shares

शम्भु साह

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले तेब्बरभन्दा धेरै मतका साथ अग्रता लिएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले पछिल्लो परिणाम अनुसार १७७४ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादीका मेयर उम्मेदवार अजयकुमार गुप्ताले ५७७ मात मात्र प्राप्त गरेका छन् । एमालेका उम्मेदवार अनिलकुमार मिश्रले अहिलेसम्म जम्मा ८४ मत मात्र पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीले नै अग्रता लिएको छ । एकीकृत समाजवादीबाट उमपेयरका उम्मेदवार शैलकुमारी साहले १२३६ मत पाएका छन् । उपमेयरका मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका उम्मेदवार शाहजान खातुनले ७४४ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेका उम्मेदवार अमबेया खातुनले जम्मा ९१ मत मत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्