Logo
Logo

खार्पुङनाथ गाउँपालिकामा कांग्रेसका कर्णबहादुर विजयी


378
Shares

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएको छन् ।

उनले एक हजार ८१० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भए ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा माओवादीका ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्